घरेलु मैदानमै हरायो म्यानचेस्टर युनाईटेडले आर्सेनललाई

Diyo post  

एजेन्सी । एफए कप शुक्रबार राति भएको चौथो चरणको खेलमा म्यानचेस्टर युनाईटेडले आर्सेनललाई ३-१ को अन्तरले हराउँदै फुटबल कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।


आर्सनलको घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन एलेक्सिस सान्चेज, जेसे लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । आर्सनलका पेरिक एम्रिक आबुमियाङले एक गोल फर्काए ।इमिरेट्स स्टेडियममा खेलको ३१ औं मिनेटमा सान्चेजले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाए । खेलको ३३ औं मिनेटमा लिंगार्डले गोल गर्दै युनाईटेडको अग्रता २-० को बनाए ।

खेलको ४३ औं मिनेटमा आर्सनलका आबुमियाङले गोल गर्दै खेल २-१ मा ल्याए । तर, खेलको ८२ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।योसंगै अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सायर आएपछि युनाईटेडले लगातार ८ खेलमा जित निकाल्न सफल भएको छ ।

यस्तै च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीले बोल्टनलाई २-१ गोल अन्तरले हराएर पाँचौ चरणको यात्रा तय गरेका छन् ।

सम्बन्धित खबर