इटहरी, माघ १२ । डाक्टर गोविन्द केसीको समर्थनमा इतहरीमा १८ जना युवाले अनसन सुरु गरेका छन् । प्रतिनिधिसभाको बैठकमा डाक्टर केसीले उठाएका मागलाई बेवास्ता गरी जबरजस्तरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् ।
शनिबार विहान १० बजेदेखि सुरु भएको उनीहरुको अनसन २४ घण्टासम्म जारी रहनेछ । चिकित्सा शिक्षा विधेयक पास गराउन सत्तापक्षा हुकुमी शैलीमा लागिपरेको उनीहरुको आरोप छ ।
डा केसी गएको पुस २५ गतेदेखि अनसन बस्दै आएका छन ।