सय रन पार गर्दा नेपाललाई ४ विकेटको क्षति, रक्षात्मक व्याटिङमा पारस

Diyo post  

काठमाडौँ, माघ १२ । युएइविरुद्ध दोस्रो एकदिवसिय क्रिकेटमा ब्याटिङ गरिरेहेको नेपालले सय रन कटाएको छ । २६ औँ ओभर खेलिरहँदा नेपालले ३ विकेटको क्षतिमा एक सय नौ रन बनाउन सफल भएको छ ।

आशालाग्दा ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरि आउट भएपछि नेपालको खेल पारस खड्काको हातमा आइपुगेको छ । निकै नै रक्षात्मक ब्याटिङ गरिरहेका पारसले २७ बल खेल्दै एक चौकाको मद्दतले व्यक्तिगत २० रन बनाएका छन् । उनिसँग साझेदारी गरिरहेका पवन सर्राफ आउट भएपछि यतिबेला आरिफ शेख क्रिजमा आएका छन् । पवनले १५ बल खेलेर ८ रन बनाएका थिए ।

यसअघि विनोद भण्डारी र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धसतकिय पारि खेले । १० ओभर खेलेका उपकप्तान मल्लले व्यक्तिगत ४४ रन बनाउँदा सात ओभरको अन्तिमसम्म साथ दिएका विनोद भण्डारीले २१ रन बनाए । त्यसपछि आएका दिपेन्द्रसिंह ऐरिले १० रन मात्र बनाए ।

एकदिवसिय क्रिकेटमा टिकिरहनका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाव छ । शुक्रबारको खेलमा पराजय भोगेपछि नेपालको लागि आजको खेल गर या मरको स्थितिमा पुगेको हो । निकै अनुभवी बलर बसन्त रेग्मी आजको खेलमा आउने छैनन् उनको स्थानमा रोहित पौडेललाई खेलाइने छ ।

सम्बन्धित खबर