काठमाडौँ, माघ १२ । अनुभवी ब्याट्सम्यानहरु पवेलियन फर्केपछि रक्षात्मक ब्याटिङ गरिरहेका कप्तान पारस खड्का आउट भएका छन् । युएईका बलर इमरान हेइडरले एलबिडब्लु गर्दा पारस आउट भएका हुन् । उनि ३१ बल खेल्दै २१ रन बनाएर आउट भएका हुन् ।
३१ औँ ओभरसम्म पुग्दा नेपालले ५ वटा विकेट गुमाइसकेको छ । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरि र पवन सर्राफ पवेलियन फर्किसकेका छन् ।
१० ओभर खेलेका उपकप्तान मल्लले व्यक्तिगत ४४ रन बनाउँदा सात ओभरको अन्तिमसम्म साथ दिएका विनोद भण्डारीले २१ रन बनाए । त्यसपछि आएका दिपेन्द्रसिंह ऐरिले १० रन मात्र बनाए ।
एकदिवसिय क्रिकेटमा टिकिरहनका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाव छ । शुक्रबारको खेलमा पराजय भोगेपछि नेपालको लागि आजको खेल गर या मरको स्थितिमा पुगेको हो । निकै अनुभवी बलर बसन्त रेग्मी आजको खेलमा आउने छैनन् उनको स्थानमा रोहित पौडेललाई खेलाइने छ ।