प्रधानमन्त्रीको प्रश्न, ‘म स्वीस बैँकको अकाउण्ट हेर्न स्वीट्जरल्याण्ड गएको हुँ ?’

Diyo post  

काठमाडौँ, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु स्वीट्जरल्याण्ड जानुको उद्देश्य त्यहाँको बैँकमा नेपालीले कति रकम लुकाएर राखेका छन् भन्ने कुराको खोज्नको लागि नभएको बताएका छन् । शनिबार स्वीट्जरल्याण्ड बाट फर्केका प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग कुरा गर्दैै आफु डाभोसमा भएको अन्तराष्ट्रिय आर्थिक सम्मेलनमा भाग लिन गएको बताएका छन् ।

‘स्वीस बैँकमा नेपालीहरुको रकम कति छ भनेर हेर्न र चेकजाँच गर्न म स्वीट्जरल्याण्ड गएको होइन ’ प्रधानमन्त्री ओलीले भने । आफुले सँचारमाध्यममा आएका कुराहरुको बारेमा जानकारी लिएको र यसबारेमा समयले नै परिणाम देखाउने प्रधानमन्त्रीले बताए ।

१६ औँ आमरण अनसन बसिरहेको डा. गोविन्द केसीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका थिए । चिकित्सा शिक्षा विधेयकलाई पेलेर पारित गराइएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने डा. केसीको अभिव्यक्ति थियो । यस सम्वन्धमा सँचारकर्मीहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो कुरा सामान्य भएको बताए । ‘३ करोड नेपालीहरुका बिचमा सबै सन्तुष्ट हुन्छ भन्ने छैन, सबैको चित्त बुझाउन सकिँदैन । डा. केसीपनि त्यहीमध्यमा पर्नुहुन्छ ।’ उनले बताए ।

स्वीट्जरल्याण्डको डाभोसमा भएको सम्मेलनमा नेपालको सहभागिता पहिलो हो । प्रधानमन्त्री ओलीलाई अन्तराष्ट्रिय सँचारमाध्यमहरुले समेत खोजी गरेका थिए । उनि दुईवटा औपचारिक सभामा सत्रमा सहभागि भए । उनले नेपालमा लगानी गर्नको लागि अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई समेत आह्वाग गरे । नेपाल आर्थिक समृद्धीको बाटोमा लागेको र लगानी गर्ने उचित वातावरण समेत भएको समेत अन्तराष्ट्रिय समुदायलाई जानकारी दिएका छन् ।

सम्बन्धित खबर