काठमाडौँ, माघ १२ । दोस्रो एकदिवसिय क्रिकेटमा नेपालले युएइलाई १ सय ४५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेलेर २ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको युएईलाई १९ ओभरमै अल आउट गर्नका लागि नेपाल सफल भयो ।
१९ ओभर ३ बलमा अल आउट भएको युएइ ९७ रनमा नै समेटिएको छ । नेपालको कीर्तिमानी जितका लागि सोमपाल कामी र सन्दीप लामिछानेले मुख्य योगदान गरे । सोमपालले पाँच विकेट लिए । सन्दीपले ४ विकेट लिएपछि नेपालले फराकिलो जित हाँसिल गरेको हो ।
नेपालका सन्दीप लामिछानेले अमीर हायतलाई सुन्य रनमा आउट गरे । त्यसअघि उनले फाहद नवाजलाई पनि सुन्य रनमा आउट गरेका थिए । सन्दीपले एकै ओभरमा ३ विकेट लिएका हुन् ।
सोमपालले ओपनर ब्याट्सम्यान अस्फाक अहमद, चिराग शुरीलाई आउट गरे । त्यसपछि गुलाम शब्बर र साइमन अनवरलाई आउट गरे । शुरुवाती ४ जनालाई पवेलियन फर्काएका सोमपालले अन्तिममा जाहुर खानलाई आउट गरे । युएइका लागि मोहम्मद उसमानले सर्वाधिक २६ रन जोडे । त्यस्तै असफाक अहमदले २० रन बनाउँदा चिराग शुरी शुन्य रनमा आउट भए । युएईका चारजना खेलाडी शुन्य रनमा आउट भएका थिए ।
पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर खेलेर २ सय ४२ रन बनाएको थियो । नेपालका लागि एकदिवसियमा डेब्यु गरेका खेलाडी रोहित कुमार पौडेलले कीर्तिमानी कायम गरे । उनले ५५ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्ल ४४ रन बनाए भने आरिफ शेखले २९ रन बनाए । विनोद भण्डारी २१ रन बनाएर आउट भएका थिए । कप्तान पारस खड्काले २१ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिले १० रन बनाएका थिए ।
शुक्रबारको हारको बदला नेपालले राम्रैसँग लिएको छ । एकदिवसिय सिरिजमा नेपाल र युएईबिचको अँक बराबर भएको छ । अब तेस्रो खेलले विजेता निर्धारण गर्ने छ ।