गोली हानेर आफ्नै बाबुआमासहित ५ जनाको हत्या

Diyo post  

अमेरिका, माघ १३ । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा आफ्नै बाबुआमासहित पाँचजनाको ज्यान गएको छ ।

लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाएपछि भागेका थेरिओटको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान घटना भएको हो । थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ र किथ थेरिओटमाथि गोली प्रहार गरेका हुन् ।

त्यसअघि २१ वर्षका थेरिओटले छिमेकका तीनजनाको पनि गोली हानी हत्या गरेका थिए । एजेन्सीको सहयोगमा

सम्बन्धित खबर