काठमाडौँ, माघ १३ । फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले अघि बढाएको टेन्डर आह्वान प्रक्रियाप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले असन्तुष्टि जनाएका छन ।
आईतबार संघीय संसद, अर्थ समितिको बैठकमा बोल्दै सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले “४ अरवमै सकिने कामलाई २२ अरव खर्च गरेर सो सेवा विस्तार किन गर्नु प¥यो ?” भनि सरकारलाई प्रश्न गरेको हो ।
उनले नेपाल टेलिकमले फोरजी सेवाको नाममा ठूलै आर्थिक घोटाला गरेको आशंका गर्दै तत्काल छानवीन गर्न पनि सरकारसँग माग गरेको हो । एनसेलले ४ अरवमा सकेको कामलाई नेपाल टेलिकमले २२ अरवको बजेट इस्टिमेट गरेर ठूलै आर्थिक चलखेल गर्न खोजेको झाँक्रीको आरोप छ ।
सांसद मेटमणि चौंधरीले टेलिकमको फोरजी सेवा विस्तारसम्बन्धि परियोजनामा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने आशंका गरेका छन् । नेपाल टेलिकमले फोरजी सेवा विस्तारको नाममा आर्थिक अनियमितता गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । चौंधरीले नेपाल टेलिकमको परियोजनालाई पारदर्शी ढंगले अघि बढाउन सरकारलाइ सचेत समेत गरेका छन् ।