ऐतिहासिक जितको संघारमा नेपाल, युएईविरुद्ध यसरी जित्न सक्छ

दियो पोस्ट  

काठमाडौं, १४ माघ । एकदिवसीय मान्यता पाएको पहिलो सिरिजमा नेदरल्याण्डस्सँग बराबरी गरेको नेपाल दोस्रो सिरिजमा युएईविरुद्ध ऐतिहासिक जितको नजिक छ ।

पहिलो खेलमा युएईसँग ३ विकेटले पराजित भएपछि दोस्रो खेलमा उत्कृष्ट लय देखाउँदै नेपाल १४५ रनको फराकिलो अन्तरको जित निकाल्न सफल भएको थियो ।

सधैं ब्याटिङमा चुक्ने नेपाल दोस्रो खेलमा युएईविरुद्ध टस जितेर जोखिम मोल्दै ब्याटिङ रोज्न पुगे पनि २४२ रनको योगफल तयार गर्न सफल भएको थियो । जसमा रोहित पौडेलको विश्वकीर्तिमान मद्दतमा नेपालले राम्रो रन बनाएको थियो । रोेहितले सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर सचिन तेन्दुलकर र साहिद अफ्रिदीको रेकर्ड तोडेका थिए ।

बलिङा पनि सोमपाल कामीको ५ विकेट र सन्दीप लामिछानेको ४ विकेटमा नेपालले युएईलाई ९७ रनमैं अलआउट गरेर नेपालको बलिङ क्षमताको परिचय दिएको थियो ।

यसरी सिरिज हत्याउन सक्छ नेपालले
नियमित तीन प्रभावशाली ब्याटसम्यानको अभावमा युएई टिमको ब्याटिङ लाइनअप कमजोर देखिएको छ । पहिलो खेलमा ११३ रनको लक्ष्य पछ्याउँदा पनि टिमको ब्याटिङ धर्मराएको थियो । दोस्रो खेलमा पनि नेपाली बलरसाामू युएईका ब्याट्सम्यान निरीह देखिएका थिए । यसको फाइदा उठाउँदै नेपाललाई ऐतिहासिक सिरिज जित्ने स्वर्णिम अवसर छ ।

यो सिरिजपछि एक दिवसीय वरियता प्राप्त गर्ने भएकोले पनि पनि नेपालले जित्दा वरियतामासमेत राम्रो स्थान पाउँने देखिन्छ ।

अस्ती जस्तै पहिलो विकेटका लागि गतिलो साझेदारी हुन सके नेपालले ब्याटिङमा राम्रो गर्न सक्नेछ । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले दोस्रो खेलमा पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

उनीहरुपछि आउँने पारसको ब्याटिङ २० र २१ रनभन्दा बढी बनाएर चल्न सकेको छैन । यस्तोमा आज उनको ब्याटबाट राम्रो रन निस्कँदा नेपालले राम्रो रन बनाउन सक्नेछ ।

दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, आरिफ शेख र करन केसी र सोमपाल कामी पनि नेपालका भरोसायुक्त ब्याटसम्यान र अलराउन्डर हुन् । यसकारण पनि नेपाल ब्याटिङमा कमजोर छैन । खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ ।