कठमाडौँ, माघ १४ । प्रतिनिधि सभाबाट पारित भएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ राष्ट्रिय सभामा पेश भएको छ ।
राष्ट्रियसभाको बैठकको आजको बैठकमा प्रतिनिधि सभाबाट पारित भएको बिधेयक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिरोधका बीच विचार गरियोस भन्दै पेश भएको हो । प्रतिनिधि सभामा उत्पत्ति भएको बिधेयक राष्ट्रिय सभामा आउदा राष्ट्रिय सभाका सचिवले बिधेयक आएको सूचना दिने र सम्बन्धित मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव गर्ने राष्ट्रिय सभा संचालन नियमावलीमा ब्यबस्था गरिएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिरोधका बाबजुद ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलले पेश गर्नु भयो । शिक्षा मन्त्रिलाई रोष्टममा जान नदिन कांग्रेस संसदहरुले वेल घेराउ गरे पनि मर्यादापालकहरुले शिक्षा मन्त्रि पोखरेललाई रोष्टम सम्म लागेका थिए ।
राष्ट्रिय सभाको बैठक २ पटक सम्म अबरोध भए पछि तेस्रो बैठकमा बिधेयक टेबल गरिएको हो । अब उक्त विधेयकमा राष्ट्रिय सभाका संसदहरुले संसोधन प्रस्ताव दर्ता गराउन सक्ने छन् । राष्ट्रियसभाको अर्को बैठक यही माघ १७ गते बिहीबार दिउँसो २ बजे पुनः बस्नेछ ।