युएइद्धारा नेपालसामु २ सय ५५ रनको फराकिलो लक्ष्य, दबावमा नेपाल

Diyo post  

काठमाडौँ, माघ १४ । तेस्रो तथा सिरिजको अन्तिम एकदिवसिय क्रिकेटमा नेपालसामु युएइले २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिले ब्याटिङ गरेको युएइले पुरा (५०) ओभर खेली ६ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो ।

युएईका लागि सिपी रिजवानले ४५, मोहम्मद उस्मानले २६ र घुलाम शब्बेरले १८ रन बनाए । ब्याटिङको खराब शुरुवात भएतापनि खेलको मध्यसमयमा आइपुग्दा युएइले ब्याटिङमा सुधार गरेका थिए । नेपालका लागि करण केसीले २ विकेट लिए भने सोमपाल कामी, सन्दीप लामिछाने र पारस खड्काले १–१ विकेट लिए ।

नेपालले सफल शुरुवात गरेतापनि निरन्तरता दिन भने सकेकन् । दोस्रो खेलमा सनसनीपुर्ण ब्याटिङ गरेको सोमपालले आजको खेलमा निकै राम्रो शुरुवात गरेका थिए । उनले खेलको २ ओभर ५ बलमा अस्फाख अहमदलाई शून्य रनमै आउट गरे । दोस्रो खेलको एक ओभरमै तीन विकेट लिएका सन्दीपले आजको खेलमा भने चमत्कार गर्न चुके ।

दोस्रो इनिङमा ब्याटिङ गर्ने नेपाल दबावमा रहने छ । आजको खेल जसरी पनि जित्न पर्ने दबावमा नेपाल रहेको छ । युएइले दिएको लक्ष्य पुरा गर्नका लागि नेपालले आक्रमक ब्याटिङ गर्नुपर्ने हुन्छ । विकेटको गुम्नु नेपालको लागि खतरनाक हुन सक्नेछ । नेपाली टालीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरि, करण केसी आशालाग्दा ब्याट्सम्यान हुन् । ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का ओपनिङ ब्याट्सम्यानको रुपमा क्रिजमा पुगिसकेका छन् । अघिल्लो खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत ४४ रन बनाएका थिए । सिरिजमा खाशै राम्रो प्रदर्शन गर्न नसकेका पारस खड्कालाई आजको खेल चुनौती र अवसर दुवै हुन सक्नेछ ।

सम्बन्धित खबर