बम दिदिबहिनी भन्छन्, ‘मिडिया र मानवअधिकारकर्मीले हामीलाई वेश्या बनाए’

Diyo post  

काठमाडौँ, माघ १४ । निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा मुछिएका बम दिदीबहिनीले मिडिया र मानवअधिकारकर्मीहरुले आफुलाइ वेश्या बनाएको आरोप लगाएका छन् । केहि दिन अगाडी काठमाडौँ आएका वविता बम र रोशनी बमले राजधानीमा पत्रकार सम्मेलन गरि संचारकर्मी र मानवअधिकारकर्मीहरुले आफ्नो चरित्र हत्या गरेको बताएका हुन् ।

वास्तविक रुपमा नबुझी आफुहरुको बारेमा भ्रमपुर्ण समाचार ल्याएकोले उनिहरुले खेद प्रकट गरेका छन् । संचारमाध्यमहरुमा आफुहरुलाई डान्स बारमा काम गर्ने युवती भनिएकोमा पनि उनिहरुले अस्विकार गरेका छन् । मानवअधिकारकर्मीहरुले जारी गरेको प्रतिवेदनमा पनि आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ती जनाएका छन् ।

घरपरिवार, छरछिमेक र गाउँलेहरुलाई नसोधी मनगढन्ते ढंगबाट प्रतिवेदन बनाइएको र त्यसबाट आफुहरुको व्यक्तिगत चरित्र हत्या भएको भन्दै न्याय माग गरेका छन् । यसैका लागि आफुहरु काठमाडौँ आएको पनि स्पष्ठ पारेका छन् ।

निर्मला रोशनी बमको सहपाठी भएतापनी आफुले राम्ररी नचिनेको वविताले बताएकी छिन् । संचारमाध्यमहरुले आफ्नो लोकप्रियताका लागि कपोकल्पित समाचारहरु बाहिर ल्याइएको उनले बताएकी छिन् । घटना भएपछि आफुहरुलाई एकजना संचारकर्मीले पनि नभेटेको र एउटा मानवअधिकारकर्मीहरु पनि घरमा नआएको भन्दै आफुहरुसँग नसोधी एकतर्फी रुपमा मात्र लागेको बताएका छन् ।

बहिनी रोशनी बमले पनि आफुहरुमाथि चरित्र हत्या गरेपछि न्याय माग्न काठमाडौं आउनु परेको स्पष्ट पार्नु भयो । उहाँले सो घटनाको सत्यतथ्य बुझी दिन संचारकर्मीहरुलाई पनि आग्रह गरेकी छिन् ।

बबिता र रोशनी दुवै दिदीबहिनीले आफूहरुलाई दोषी देखाउन राज्यले नसकिरहेका बेला केही मानव अधिकारकर्मीहरुले झूट प्रतिवेदन सार्वजनिक गर्ने र धम्क्याउने गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए । कुनै पनि मानव अधिकारकर्मीहरुले सो घटनाबारे आफूहरुसँग र छिमेकीहरुसँग सोधपुछ नगरेको उनीहरुको दावी छ । दिदी बबिताले आफूलाई प्रहरीले दुई पटक गरेर २२ दिन जेलमै राखेर सोधपुछ गरेको पनि पत्रकार सम्मेलनमा बताए ।

सम्बन्धित खबर