मोरङ तनावग्रस्तः ट्रिपरको ठक्करबाट वालिकाको मृत्यु भएपछि टिपरमा आगजनी ( फोटोफिचर)

Diyo post  

काठमाडौँ, माघ १४ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानिय आन्दोलित भएका छन् । सोमबार बिहान विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो ।

दुर्घटनाबाट मृत्यु भएको शब सडकमा राखि स्थानियहरुले आन्दोलन गरेका छन् । उनिहरुले ठक्कर दिने टिप्परमाथि आगजनी समेत गरेका छन् । आगजनीबाट टिप्पर पुर्ण रुपमा क्षति भएको छ । स्थानियले सुन्दरहरैँचास्थित विराटचोकमा बसि आन्दोलन गरिरहेका छन् । सडक दुईतर्फी रुपमा ठप्प छ । प्रहरी र दमकल सहित टिप्परमा लागेका आगो निभाउन पुगेको टोलीलाई आन्दोलित स्थानियले रोकेका छन् ।

दुर्घटनापश्चात स्थानियले सडकमा गुडेका टिप्परमाथि पनि तोडफोड गरेका छन् । प्रहरीले निषेधाज्ञा जारी गरेतापनि आक्रोशित बनेका स्थनियले निषेधाज्ञासमेत तोडेका छन् । निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

लापरबाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीयबासिन्दाले प्रहरी र प्रशासन विरुद्ध चर्का नारावाजी गरिरहेका छन्। भीडलाई नियन्त्रणमा लिन जान खोजेको प्रहरी उक्त सडक खण्डको उत्तर र दक्षिणमा रोकिएर बसेको छ। प्रहरीलाई घटनास्थलमा जान नदिइकन स्थानीयले दुर्घटना गर्ने टिपरमा आगजनी र अन्य टिपरमा तोडफोड गरेका हुन्।

सम्बन्धित खबर