काठमाडौँ, माघ १४ । संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि नियुक्तीका लागि सरकारले सिफारिस गरेको अमृतबहादुर राईको नामलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी राईको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले बताए । गएको पुस २७ गते बसेको मन्त्रीपरिषद बैठकले राईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो ।
बैठकमा राईले ठूला राष्ट्रहरुले हतियार खरिदका लागि गर्ने खर्च गरिवी, अभाव र भोकमरी अन्त्यमा प्रयोग गर्न आफूले संयुक्त राष्ट्र संघमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । समितिबाट अनुमोदन भएका राईलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।