काठमाडौँ,माघ १४ । दिपक मनाङे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिने भएका छन् ।
गण्डकी प्रदेशका प्रदेशसभा सभामुखले मनाङेलाई सपथ खुवाउने तयारी गरेका हुन् । सपथ आजै हुनेछ ।
मनाङ्गे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो । तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएनन् ।
उनले करिव ८ महिना जेल बसे । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए