कीर्ते कागज बनाई ऋण स्वीकृत गर्ने ब्राञ्च मेनेजर सहित ८ ऋणी पक्राउ

Diyo post  

काठमाडौँ, माघ १४ । सवारी कर्जाको लागि विभिन्न कीर्ते कागज बनाई कर्जा प्रवाह गर्ने बैँक म्यानेजरसहित ऋणीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले देव विकास बैँकका विभिन्न शाखाहरुबाट सवारी कर्जा लिँदा नक्कली विवरणहरु तयार पारिएको र बैँकलाई नोक्सान पार्न खोजिएको भन्दै तात्कालिन शाखा प्रवन्धक सरिन शंकर श्रेष्ठलगायत ८ जनालाइ पक्राउ गरेको हो ।

बैँकको कर्मचारी र मुल्यांकनकर्ताहरुलाई सवारी साधन देखाउने र ब्लुबुकमा गलत विवरण सहित सहि छाप गरि सुरक्षण स्वरुप बैँकमा धितो राखि ११ जनाको नाममा ऋण लिने मुख्य योजनाकार नारायण बहादुर श्रेष्ठ सहित ८ जनालाई पक्राउ गरेको हो । देव विकास बैँकका तात्कालिन ब्राञ्च मेनेजर शरिन शंकर श्रेष्ठ स्वयंले नै नक्कली कागज बनाउन र ऋण पास गराउन सहयोग गरेको भन्दै पक्राउ गरेको छ ।

अन्य पक्राउ पर्ने ऋणीहरुमा भुम्लु– १ काभ्रेका नारायण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, चेत बहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नविन श्रेष्ठ रहेका छन् । त्यसैगरि काभ्रे चोबास–४ घर भएका हाल भक्तपुर गोठाटार बस्ने ४२ बर्षीय कृष्ण बहादुर खत्री र पर्सा घर भएका र ललितपुर ज्वागल बस्ने नरेश मान सिंह अमात्य रहेका छन् । पक्राउ परेका मध्य बालकृष्ण श्रेष्ठ भुम्लु गाउँपालिका वडा १ का वडासदस्य हुन् भने नरेश मान सिंह अमात्य सवारी साधन मुल्यांकनकर्ता हुन् ।

अनुसन्धानबाट खुल्न आएका  कुराहरु

  • देब विकास बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा प्रतिलिपी व्लु वुकमा नक्कली डाटा तयार गर्नुका साथै  आफु अनुकुलका विवरणहरु राखि बैंकमा पेश गर्ने गरेको ।
  • विभिन्न व्यक्तिहरुलाई विभिन्न मितिमा ऋणी बनाई १६ वटा कर्जा फाईल तयार गरी रु. २,७१,७६०००/- ( दुई करोड एकहतर लाख छयात्तर हजार) कर्जा स्विकृत गर्न सफल भएको ।
  • सम्पूर्ण कर्जा फाइलमा आम्दानी को स्रोतमा राखिएको  सबारी साधनको विवरण लगायतको कागजात समेत नक्कली तयार पारि कर्जा फाईलमा समावेश गरेको पाईएको ।
  • ऋणी नारायण श्रेष्ठ  गाडी किनबेचमा आवद्द रही यातयात कार्यालयमा सजिलै प्रबेश पाउने हैसियत बनाएको देखिएको,
  • तत्कालिन बैक म्यानेजरले ऋण प्रवाहमा गर्दा आफ्नो कर्जा सिमा नाघि कर्जा स्विकृत गरेको पाईएको ।
  • हाल बैंकलाई रु २,१०,०८,९२६/४२ ( अक्षरुपी दुई करोड दश लाख आठ हजार नौ सय छव्विस रुपैया बयालिस पैसा मात्र)  हानी नोक्सानी पु-याएको देखिएको ।

सम्बन्धित खबर