युएइविरुद्ध पारसको सतक, नेपालले जित्ने सम्भावना बढ्यो

Diyo post  

काठमाडौँ, माघ १४ । युएइविरुद्ध तेस्रो एकदिवसिय क्रिकेटमा पारस कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । २ सय ५५ रनको फराकिलो लक्ष्य पछ्याउँदै गर्दा पारसले कीर्तिमानी सतक प्रहार गरेका हुन् ।

१०० बलबाट १५ चौकाको सहायताबाट उनले यो समाचार तयार पार्दासम्म १ सय ९ रन बनाइसकेका छन् । उनिसंग साझेदारि गरिरहेका आरिफ शेखले ७ रन बनाएका छन् । नेपाल अहिले ३६ औँ ओभरमा ब्याटिङ गरिररहेको छ ।

५ विकेट गुमाइसकेको नेपालका लागि आशालाग्दा ब्याट्सम्यानहरु करिबकरिब सक्किसकेका छन् । करण केसी बाँकी रहेतापनी दिपेन्द्र सिंह ऐरि, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र रोहीत पौडेल आउट भइसकेका छन् ।

ओपनिङ ब्याट्सम्यानका रुपमा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाए । अविजित रहेका पारस खड्काले खेललाई जिततर्फ उन्मुख गराउने आशा राखिएको छ । नेपालका लागि १३ ओभरबाट ४६ रनको आवश्यकता रहेको छ ।

यसअघिको दुई खेलमा नेपाल एकमा विजयी र अर्कोमा पराजित भएको कारण आजको खेल जित्नैपर्ने वाध्यात्मक स्थितिमा रहेको छ ।

सम्बन्धित खबर