अन्ततः कांग्रेस नेताहरुको नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याइने

Diyo post  

काठमाडौँ, माघ १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापक नेता गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई संघिय सरकार मातहत ल्याइएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद वैठकले गिरिजाप्रसाद कोइराला स्वाशप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पताललाई संघिय सरकार मातहत ल्याउने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दुई संस्थापक नेताहरुको नामबाट खोलिएको अस्पताललाई संघिय सरकारको मातहतमा ल्याउनुपर्ने माख राखेर संसद अवरुद्ध गर्दै आइरहेका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ती दुबै अस्पतालले सबै मापदण्ड पुरा गरेपछि मात्र संघिय सरकारमा ल्याउने त्यतिन्जेलसम्मका लागि प्रदेश सरकारको अधिनमा राख्ने बताएका थिए । तर, नेपाली काँग्रेसले नमानेपछि सरकारले आफ्नो निर्णय फेरेको हो ।

सम्बन्धित खबर