शसस्त्र द्वन्द्वमा ज्यान गुमाएका ३ हजार सुरक्षाकर्मीलाई शहिद घोषणा

Diyo post  

काठमाडौँ, माघ १५ । सरकारले झण्डै तीन हजार सुरक्षाकर्मीलाई शहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद वैठकले तात्कालिन शसस्त्र द्वन्द्वमा ज्यान गुमाउने नेपाली सेना, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयअनुसार नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४ सय ४८, सशस्त्र प्रहरी बलका ३ सय १८ र अनुसन्धान विभागका २३ जना गरि २ हजार ८ सय ७ जनालाई शहिद घोषणा गरिएको हो ।

शहिद घोषित हुनेहरुमा मधेष आन्दोलन, शसस्त्र द्वन्द लगायत विभिन्न आन्दोलनको समयमा ज्यान गुमाउने प्रहरी अधिकारीहरु रहेका छन् ।

सम्बन्धित खबर