३ अर्बको लागतमा यस्तो बन्दैछ गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेद रंगशाला, १० तस्वीरमा हेर्नुहोस्

Diyo post  

काठमाडौँ, माघ १६ । नेपालकै पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा गरिएको छ । वुधबार धुर्मुस सुन्तली फाउण्डेशनले एक कार्यक्रम गरि रंगशाला निर्माणको घोषणा गरेको हो ।

रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई जग्गा उपलब्ध गराएको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । महानगरपालिकाले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा उपलब्ध गराउने भएको छ ।

डिपिआर तयार भएको साँढे २ बर्षभित्र निर्माण सम्पन्न गरि महानगरपालिकालाई हस्तान्तरण गर्ने फाउण्डेशनका प्रमुख सिताराम कट्टेलले बताएका छन् । साथै उक्त रंगशाला निर्माणको लागि करिब ३ अर्ब खर्च हुने आँकलन समेत गरिएको छ ।

निर्माणको घोषणा पश्चात फाउण्डेशनलाई देश तथा विदेशमा रहने नेपालीहरुबाट सहयोग समेत आउन थालिसकेको छ । रंगशालाका लागि एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने भएको छ । यस्तै अल्का हस्पिटलले २५ लाख दिने भएको छ । रवीराज सिंहले ११ लाख, आर एम ग्रुपका कृष्ण आचार्यले ५ लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट ५ लाख सहयोग गर्ने भएको छ ।

वद्री पंगेनी एकलाख १ हजार १११, प्याब्सनकी दिपिका थापाले एक लाख १० हजार, मह सञ्चारले १ लाख ५ हजार ५, हास्य टेलिश्रृंखला भद्रगोल टिमबाट एक लाख, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १र१ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

त्यस्तै रंगशाला निर्माण घोषणा कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले रंगशाला निर्माण भएपछिको पहिला खेल भारत र पाकिस्तानबिच खेलाउने घोषणासमेत गरेकी छिन् । दुइदेशबिचको सम्बन्ध नराम्रो भएको कारणले उनिहरु आफ्नो देशमा एकअर्काविरुद्ध खेल्न नपाउने र खेलको लागि टाढाटाण जानुपर्ने वाध्यात्मक अवस्था रहेकोेले नेपालमै रंगशाला बनेपछि भारत र पाकिस्तानलाई खेलको लागि टाढा जानु नपर्ने बताएकी छिन् ।

कार्यक्रममा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको थ्री डि डिजाइन समेत प्रस्तुत गरिएको थियो । केही तस्विरहरुमा हेरौँ कस्तो बन्नेछ नेपालकै पहिलो अन्तराष्ट्रिय रंगशाला:

सम्बन्धित खबर