काठमाडौँ, माघ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतमा कार्यरत नायब सुब्बा भोलानाथ चालिसेलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरेको छ ।
विहीबार आयोगले एक विज्ञप्ति जारि गर्दै चालिसेलाई पक्राउ गरिएको सार्वजनिक गरेको हो । आयोगका अनुसार ज्यान मुद्दा सहज गराइदिने भनि विभिन्न वहाना बनाएर सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई ववरमहल स्थित बन परिसरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
आयोगले पक्राउ गर्दा उनले सेवाग्राहीसँग पाँच लाख घुस लिइसकेका थिए । आयोगले सो र रकम र चालिसेलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।