काठमाडौँ, माघ १८ । युएइविरुद्धको टी–ट्वान्टी क्रिकेटमा नेपालले टस जित्दै फिल्डिङ रोजेको छ । विहीबार २ः३० मा भएको टसपछि युएइलाई ब्याटिङको निम्तो दिएको हो ।
एकदिवसिय क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गरेपछि नेपाल टि–ट्वान्टी सिरिजका लागि युएइसँग प्रतिस्पर्धा गर्न लागेको हो । कुल ३ वटा खेलमा जितको लागि २ खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।
नेपालका लागि सन्दीप लामिछानेले १ विकेट लिइसकेका छन् । उनले युएइका ओपनर अस्फाक अहमदलाई आउट गरेका हुन् । पहिलो ओभर बलिङ गरेका सन्दीपले पाचौँ बलमा अहदलाई पवेलियन फर्काएका हुन् । दोस्रा ओभर बलिङ गरेका सोमपालले कुनै विकेट लिएका छैनन् । तेस्रो ओभरमा पुन सन्दीप आएका छन् । तेस्रो ओभरको खेल चलिरहँदा युएइले १ विकेटको क्षतिमा १४ रन बनाएको छ ।
लाइभ हेर्नुहाेस