एनसेल कर छली प्रकरणको सुनुवाई माघ २० गते हुने

दियो पोस्ट  

काठमाडौँ, माघ १८ । एनसेल कर छली प्रकरणमा परेको मुद्दाका सम्वन्धमा सुनुाइका लागि सर्वोच्च अदालतले बोलाएको इजलास सरेको छ । समयअभावको कारण देखाउदै उक्त मुद्धालाई आगामी २० गते छलफल हुेनेगरि हेर्दाहेर्दैमा राखिएको छ ।

मलेसियन कम्पनी टेली सोनेराले मलेसियन एक्जियटा कम्पनीलाई एनसेल बेचेवापत सरकारलाई तिर्नुपर्ने लाभकर सहित ७१ अर्ब रुपैयाँ नतिरेको बारे सुनुवाईका लागि वृहत पुर्ण इजलास विहीबारको लागि बोलाइएको थियो ।

पूर्ण इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्रभप्रसाद श्रेष्ठ, आनन्द माहेन भट्टराई र टंकबहादुर मोक्तान रहेका छन् ।

बिक्रेताले नेपालमा आफ्नो कुनै दायित्व नरहेको भन्दै कर तिरेको छैन भने एनसेल एक्जियटाले भने उक्त रकम बिक्रेताकै दायित्व अन्तर्गत रहेको दाबी गर्दै आएको छ ।

सम्बन्धित खबर