युएइद्धारा नेपालसामु १ सय ५४ रनको लक्ष्य प्रस्तुत

Diyo post  

काठमाडौँ, माघ १८ । दुबइमा जारि टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालसामु युएइले १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ६ विकेट बनाउँदै १ सय ५३ रन बनाएको थियो ।

युएइका लागि साइमन अनवरले सर्वाधिक ५९ रन बनाए । उनले ३८ बलमा २ छक्का र ५ चौका प्रहार गरे । उनलाई अभिनाश बोहराले आउट गरेका हुन् । त्यस्तै मोहम्मद ३० रन बनाए । २४ बल खेलेका उनले २ छक्का र एक चौका हाने ।

अन्य ब्याट्सम्यानहरुमा रिजवानले २२ रन बनाउँदा गुलाम शब्बर ८ रन बनाए । मोहम्मद बुताले २० रनको योगदान गरे । कप्तान मोहम्मद नाभिद एक रनमै आउट भए । उनलाई बसन्त रेग्मीले आउट गरे । यसअघि पहिलो ओभरमा युएइका ओपनर असफाख अहमद पाँचौ बलमा नै पवेलियन फर्किए ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले २÷२ विकेट लिए । त्यस्तै सोमपाल कामी र अभिनाश बोहराले एक एक विकेट लिए ।

सम्बन्धित खबर