चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभा बाट पनि पारित

Diyo post  

काठमाडौँ, माघ १८ । चिकित्साशास्त्र विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको विधेयक विहीबार वहुमतले पारित गरेको हो ।

विहीबार राष्ट्रिय सभामा समेत काँग्रेसले विरोध जनाएको थियो । विरोधका बिचमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

बैठकमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यो विधेयकले अनशनरत डा. केसीको माग पुरा गरिसकेको जनाउँदै अब आन्दोलन गर्नुको अर्थ नहुने बताए ।

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । अनशनरत प्रा।डा। गोविन्द केसीको अनशन २३ औँ दिनमा पुगेको अवस्थामा सरकारले विधेयक संघीय संसदका दुवै सदनबाट पारित गरको हो ।

बिहीबारै बसेको प्रतिनिधि सभाको बैठकमा भने सरकारले डा। केसीको माग पुरा नगरेको भन्दै कांग्रेसका सांसदहरुले अवरोध गरेपछि २० गतेसम्मका लागि स्थागित भएको छ ।

सम्बन्धित खबर