दियोपोपस्ट संवाददाता,
धादिङ, २४ पुस । धादिङको सिद्धलेक गाउँपालिका कालिदहमा दुई वटा बस एक आपसमा ठोक्एिर दुर्घटना भएको छ ।

दुर्घटनामा परी १८ जना यात्री घाइते भएका छन् । ना ६ ख ८५७६ नम्बरको बस र बा २ ख ५२१२ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।
जिल्ला अस्पताल धादिङ वेशीका सुचना अधिकारी विक्रम विकका अनुसार २ जना विरामीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । अनय १६ जनालाई धादिङवेशी स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा नेत्रावती गाउँपालिका १ का १८ वर्षिय सुरती पन्त, ७ वर्षिय विरेन्द्र थापा, ९ वर्षिय सुज्ञात थापा, वडा नम्बर २ का २१ वर्षिय निसा थापा, निलकण्ठ नगरपालिका २ का २३ वर्षिय केशव नेपाली, तनहुँ जिल्ला भानु नगरपालिका ५ का २१ वर्षिय नविना अछामी, लपाङ फेदीका ४५ वर्षिय उमा पन्त, त्रिपुरा सुन्दरी १ का २० वर्षिय अनिता दराई, गजुरी ३ का ४८ वर्षिय विष्णुहरी प्रजा, गोर्खा धावा ४ का ४५ वर्षिय चन्द्रमान तामाङ, ११ वर्षिय मनिल तामाङ, थाँक्रे १ का २० वर्षिय सिर्जना तामाङ, त्रिपुरा सुन्दरी ३ का १६ वर्षिय कुरीशा थापा, ज्वालामुखी ५ का २७ वर्षिय अन्जु गैरे, ३ वर्षिय प्रविन गैरे, त्रिपुरा सुन्दरी ७ का २९ वर्षिय सुशिला पन्त, ९ वर्षिय आयुषा लामिछाने र २७ वर्षिय विष्णु पन्त घाइते भएका छन् ।
