आत्मसर्पण गर्न प्रहरीसमक्ष पुगिन् गायिका आस्था राउत

दियो पोस्ट  

काठमाडौँ, माघ १३ । गायिका आस्था राउतले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छिन् । उनि सोमबार बिहान टेकुस्थित महानगरिय प्रहरी परिसरमा उपस्थित भएकी हुन् ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।

उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।

केही दिन अघि त्रिभुवन विमानस्थलमा खटिएको महिला प्रहरी र गायिका राउतबिच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौज गरेकी थिइन् ।

त्यसपछि आफुमाथि दुव्र्यवहार भएको भन्दै प्रहरी जवान रमिशा श्रेष्ठले आफुमाथि दुव्र्यबहार भएको भन्दै उजुरी दिएकी थिईन् । प्रहरी प्रधान कार्यलयले रातर प्रहरी अधिकारीबिच भएको घटनाको सीसीटिभी फुटेज सार्वजनिक समेत गरेको थियो । जिल्ला प्रशासन कार्यलय काठमाडौँैले गायिका राउतबिरुद्ध पक्राउ पुर्जी जारि गरेको थियो ।

उनी आफन्तहरुसँग आइतबार बिहान ७ बजे महानगरिय प्रहरी परिसर टेकुमा उपस्थित भएको प्रहरीले जनाएको छ ।

सिफारिस