१६ देशमा फैलियो कोरोनाभाइरस, मृत्युको संख्या एक सय १६ पुग्यो

दियो पोस्ट  

एजेन्सी । कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । चिनियाँ अधिकारीहरुले चिनभित्र मात्रै ४ हजार जनाभन्दा बढी संक्रमित भेटिएको बताएका छन् ।

कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि चिन सरकराले संक्रमित स्थानहरुमा आवतजावतमा कडाई गरेको छ । भाइरस शुरु भएको वुहान शहर र त्यस वरपरका अधिकांश स्थानहरु बन्द रहेका छन् । नयाँ कोरोनाभाइरस संक्रमितको उपचार गर्नका लागि मात्र चिन सरकारले १ हजार शैय्याको अस्पताल निर्माण गरिरहेको छ ।

कोरोनाभाइरस चिनसँगै अन्य १६ देशमा समेत फैलिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मंगलबारसम्म चीनबाहेक अन्य १६ देशमा ४७ संक्रमित भेटिएको बीबीसीले जनाएको छ । कोरोनाभाइरसकै कारण चिन बाहेक अन्य देशमा मानिसको मृत्यु भने भएको छैन ।

संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरुलाई चिन यात्राबारे पुनर्विचार गर्न आग्रह गरेको छ । चिनको हुबे प्रान्तमा भने यात्रा नगर्न अमेरिकाले सुझाएको छ ।

बीबीसीका अनुसार, जर्मनी, अमेरिका र अष्ट्रेलियामा ४४ बिरामी भेटिएका छन् । त्यस्तै, थाइल्यान्डमा ८, ताइवान, मलेसिया र दक्षिण कोरियामा ४, फ्रान्स र जापानमा ३, भियतनाममा २ बिरामी फेला परेका छन् । नेपाल, क्यानडा, कोलम्बिया र श्रीलंकामा पनि कारोना भाइरसका बिरामी भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बेलायतका ७३ जनामा परीक्षण गरिएकोमा त्यहाँ भने कसैमा पनि संक्रमण नदेखिएको समाचारमा जनाएको छ ।