रास्वपा खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले रास्वपा खारेज गर्न माग गर्दै आयोजमा उजुरी दिएका हुन् । उनको निवेदन बुधबार दिउँसो दर्ता भएको छ ।

निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेलाई अनागरिक भएको ठहर गरेको र उनले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागकिरता कानुनतः अवैधानिक रहेकाले उनको पार्टी नै खारेज गर्न माग गरिएको छ ।

‘एउटा गैर नागरिक उप–प्रधानमन्त्री तथा गृह मन्त्री हुँदा उप दफा(ख) र (ग) बमोजिमका राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएका छन् । अतः राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी खारेजभागी छ । तत्काल खारेज गरी पाउँ,’ उजुरीमा भनिएको छ ।