काठमाडौं । उच्च अदालत पाटनले हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न डोजर चलाउने काठमाडौं महानगरको अभियान रोक्न अन्तरिम आदेश दिएको छ।
लिखित फैसला भने बिहीबार आउने उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।न्यायाधीशहरू महेश पौडेल र राज्यलक्ष्मी ब्रजाचार्यको इजलासले बुधबार यस्तो निर्णय गरेको हो।
हात्तिसार वरपरको टुकुचाक्षेत्रमा उत्खनन गर्ने महानगरपालिकाको अभियानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ। लिखित आदेश भोलि आउने रजिष्ट्रार कट्टेलले जानकारी दिए ।
हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए ।