तत्काल सरकारबाट नबाहिरिने रास्वपाको निर्णय

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई पार्टीका बुहमत सांसद र केन्द्रीय सदस्यले स्वीकारेनन् ।

केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् ।

‘उच्चस्तरीय संयन्त्रको बैठक पर्खने र पर्ख र हेरको नीतिमा बस्छौं’ पार्टीका महामन्त्री डा.मुकुल ढकाल भने,‘सरकारबाट तत्काल हटेमा कमजोरी र कच्चा व्यवहार हुन्छ भन्ने अधिकांशको धारणा आएको छ ।’

सम्बन्धित खबर