दाउराको चिरपट प्रहार गरी बुवाको हत्या, छोरा पक्राउ

दियो पोस्ट  

रौतहट । रौतहटमा छोरा आफ्नै बुबाको हत्या गरेका छन् । ५५ वर्षीय निर कुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रपुर नगरपालिका–६ का ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरप प्रहार गर्दा गम्भीर घाइते भएका निर कुमारको चपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस