काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भएको र देखाइएको कुरामा धेरै फरक भएको बताएका छन् ।
पार्टी सरकारबाट फिर्ता भएको निर्णबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जे भएको छ जे देखाइएको छ आकाश जमिनको फरक छ ।
वर्तमान राजनीतिक केन्द्रीय समिति र सांसदहरूले आफ्नो धारणा राखेपछि वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारमा भएका पार्टीका मन्त्रीलाई फिर्ता बोलाई सरकारबाट बाहिरिने निर्णय गरिएको छ ।’
आजै मन्त्रीहरूले राजीनामा बुझाउनुहुनेछ र सरकारबाट बाहिरिनुहुनेछ। अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको रविले स्वीकार गरे ।
अमेरिकी पासपोर्ट फिर्ता नगर्दै आफूले नेपाली पासपोर्ट लिएको भए पनि त्यसको प्रयोग वा दुरुपयोग नगरेको उनको भनाइ छ ।