काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्। ‘अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउँछौं । म जेल परे पनि रास्वपा अघि बढ्ने बताए ।
उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने उनले बताए । सरकारबाट बाहिरिने तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।