छुट्टाछुट्टै सवारी दुर्घटना ६ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ चागलमा बा.३ ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने भक्तपुर नगरपालिका–५ एसिंखेल घर भएका बिजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको सोमबार दिउँसो मृत्यु भएको छ । ट्यांकर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रौतहटको चन्द्रपुर नगरपालिकामा ०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हिजो साँझ दुर्घटना हुँदा चालक सर्लाही
हरिवन नगरपालिका–७ बस्ने ३५ वर्षीय किरण लामा घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्र्पुर अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

याता रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–८ सिवगढियामा लु–२ त ४९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक गैडहवा गाउँपालिका–६ बस्ने ४० वर्षीय जितु हरिजनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सोही नगरपालिका–९ तेलारमा लु.१ क ५४७५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने उमा क्षेत्रीको छोरा ९ वर्षीय माधव क्षेत्रीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

योसँगै बझाङको केदारस्यु गाउँपालिका–४ बजुवामा सु.प.प्र.०१००१ ख ३०७१ नम्बरको ट्रक र सु.प.प्र.०१००१० प ५३१७ नम्बरको मोटरसाइकल सोमबार बिहान एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–९ झोता बस्ने २५ वर्षीया अमृता खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ जिरो किमिमा ग.१६ प ६८३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तनहु म्याग्दे गाउँपालिका–३ कोईरालाथोक घर भएकी ५५ वर्षीया धनमायाँ दर्जीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको क्षेत्रीय अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।