काठमाडौं महानगरले हटायो मैतिदेवीको प्रहरी बिट

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट खाली गराएको छ । सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिट खाली गराएको हो ।
मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् ।

त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको छ । मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।