सल्यान कालिमाटीका फरेस्टरसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

दियो पोस्ट  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी सव–डिभिजन वन कार्यालयका फरेष्टर जय पृथ्वीराज वुढाथोकीसहित ६ जनाले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा बुढाथोकीसहित, कालिमाटी सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, सामुदायिक वन उपभोक्ता समूह कालिमाटी –३, सल्यानका अध्यक्ष भीमबहादुर कवर, कोषाध्यक्ष जुद्दकुमारी वली र सचिव पुष्पा वली खासु मगर तथा दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका–४, दाङ्गका सञ्चालक दुर्गाप्रसाद वली छन् ।

तुल्सीपुर–पुरन्धारा–बोटेचौर सडक(खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी–३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीहरुमाथि १ लाख ८७हजार ८७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५६१ रुपैयाँसम्म दण्ड जरिवानाको माग गरेको छ ।