काठमाडौं । प्रहरीले मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक गाउँपालिका–५ बस्ने कविता घिमिरे रहेकी छन् । जिल्ला अदालत सिन्धुपाल्चोकको २०६९ मंसिर ११ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत गरी १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार भएकी उनलाई नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ जडिबुट्टीबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सिन्धुपाल्चोक बुझउनका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको उक्त व्यूरोले जनाएको छ ।