स्लोभाकिया पठाइदिने भन्दै लाखौं ठगी, काठमाडौंको सुकेधाराबाट पक्राउ

दियो पोस्ट  

काठमाडौं । स्लोभाकिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक महिलालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी स्थाई घर भई अहिले काठमाडौंको सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापा छिन् । उनले लक्ष्मण शाही समेतलाई वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु, स्लोभाकियामा पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा खाना प्याकिङ्को काम लगाईदिन्छु भन्दै ८ लाख ५०हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ ।

स्लोभाकियामा मासिक डेढ लाख तलब हुने त्यहाँ जान ९ लाख रुपैयाँ लाग्छ भन्दै उनले पैसा लिएको भन्ने उजुरी परेपछि वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा पक्राउका लागि पत्राचार गरेको थियो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाएको छ ।