ओखलढुंगाका २० वर्षीया दिपक गौतम, जसले आफ्नो मृत्युपछि नेत्र दान गरे

दियो पोस्ट  

काठमाडौं । स्वर्गीय दिपक गौतमले आफ्नो नेत्र दान गरेका छन् । बुधबार विहान ५ बजे मृत्यु भएका गौतमले आफ्नो नेत्र दान गरेका हुन् । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुरका २० वर्षीय दिपक गौतमको परिवारको सहमतिमा पशुपतिस्थित अंग दान केन्द्रमा नेत्र दान गरेको पारिवारिक स्रोतले पुष्टि गरको छ ।

शारिरिक रुपमा अशक्त रहेका गौतमले आफ्नो मृत्यु अगावै नेत्र दान गर्नको लागि परिवारसँग आग्रह गरेका थिए । ‘दिपकले नै नेत्र दान गर्न भनेका थिए ।’ उनलाई उर्दित गर्दै दाजुले भने, ‘म बाचुञ्जेल अशक्त भएपनि मेरो आखाले दुनिया नियाल्नेछ, त्यसैले मेरो नेत्र दान गरिदिनु ।’

बुबा ठाकुर प्रसाद गौतम र आमा निता गौतमका अनुसार दिपक मरेर गएता पनि उनको आखाँले कसैलाई सहयता होस् भन्ने हेतुले नेत्र दान गरिदिएको हो ।

पशुपतिस्थित अंगदान केन्द्रका चिकित्सकत्रय सुन्दर महत, राजु राजबाहक र इश्वर पराजुलीले उनको नेत्र दान गर्न योग्य रहेको प्रमाणित गरे । चिकित्सकका अनुसार सो नेत्र तिलगंगा आखाँ अस्पताललाई हस्तान्तरण हुने छ र एक हप्ता भित्र कसैलाई दिइने छ ।

सम्बन्धित खबर