काठमाडौं । शिक्षकहरू विद्यार्थीका लागि दोस्रो अभिभावक हुन् जसले आफ्नो ज्ञानको सहयोगमा देशकालागि कर्णधारहरु तयार गर्छन् । तर देशका लागि कर्णधार तयार पार्ने शिक्षकहरूलाई राष्ट्रले भने चासो दिने गरेको पाइँदैन । पछिल्लो उदाहरण हुन् शिक्षक सुर्यबहादर मगर ।
विगत लामो समयदेखि धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका १ स्थित खड्कदेवि आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका सूर्यबहादुर अहिले क्यान्सर जस्तो गम्भीर रोगसँग लडिरहेका छन्। रोगसँगमात्रै होइन मगरले यति वेला उपचारको क्रममा आर्थिक समस्यासँग पनि लडिरहेका छन् ।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं २ घर भएका मगर विगत ७ महिनादेखि क्यान्सरसँग जुधिरहेका छन् । पछिल्लो समय समस्या जटिल बन्दै गएपछि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन् ।
आर्थिक अभावका कारण शिक्षक मगरले उपचार गर्न नपाएपछि पछिल्लो समय उनको उपचारका लागि साथीभाइ र आफन्तहरूले केही रकम उठाउने जमर्को गरिरहेको शिक्षककी श्रीमती कृष्ण कुमारी मगरले जानकारी दिए ।
सूर्यबहादुर मगरको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको १०३०१०००११००१०१० मार्फत उनलाई सहयोग गर्न सकिने परिवारले जनाएको छ। शुभेच्छुक, मनकारीको सहयोगमा शिक्षक मगरको उपचार गर्न सकिने आशामा परिवारहरू रहेका छन् ।
बैङ्क खाता विवरण
खातावालाको नामः सुर्यबहादुर मगर
खाता नंबरः १०३०१०००११००१०१०
खाता रहेको साखाः धादिङ बेसी, धादिङ