काठमाडौं । विराटनगर महानगरपालिका–१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली नगद ९ लाख २० हजार रूपैयाँ सहित विराटनगर महानगरपालिकाका ४१ वर्षीय रंजित कुमार साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सिआरभि घोगापुलबाट खटिएको प्रहरीले बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।