बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दियो पोस्ट  

काठमाडों । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापा दमक नगरपालिका–३ घर भई काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटन ललितपुरको २०७९ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ८ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

सिफारिस