नेपाली काग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष गुरुङको निधन

दियो पोस्ट  

काठमाडौं । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको छ । अध्यक्ष गुरुङको उपचारको क्रममा शुक्रबार जिल्ला अस्पताल दैलेखमा निधन भएको हो ।

मुटुको दुखाइ बढेपछि उनलाई बिहीबार जिल्ला सदरमुकाममा रहेको मेडिकलमा लगिएको थियो । उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो । ७९ वर्षीय गुरूङ कर्णाली प्रदेशकास्थानीय तह प्रमुखमध्ये जेष्ठ सदस्य थिए । २०७४ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

सिफारिस