भरतपुर महानगरले ल्यायो २५ करोड ९५ लाखको पूरक बजेट

दियो पोस्ट  

चितवन । भरतपुर महानगरपालिकाले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको छ।

शुक्रबार १२ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो।

उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०७९ ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताए।