काठमाडौं । एभिन्यूज टेलिभिजनले कर नतिरेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर अनुसार एभिन्युज टेलिभिजनले कर नतिरेको पाईएको हो । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर अन्तर्गत आयकर तथा मूल्य अभिवृद्धि करमा दर्ता कायम रहेको एभिन्यूज नेटवक्र्स प्रा.लिले कर नतिरेको पाईएको हो ।
अन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले शनिवार कर नतिर्ने ८३ जनाको सुचि सार्वजनिक गरेको थियो । उक्त सुचिको ८ औं सुचिमा एभिन्यूज नेटवक्र्स प्रा.लि समेत रहेको छ । एभिन्यूज नेटवक्र्स प्रा.लिका अध्यक्ष समृद्धि राजकर्णीकार हुन् । समृद्धि एभिन्यूज टेलिभिजनका सम्पादक भाष्कर राजकर्णीकारका छोरी हुन् ।
एभिन्यूज नेटवक्र्स प्रा.लिलाई पटक(पटक फोन सम्पर्क, पत्राचार र संकलन भ्रमण गर्दा समेत कर बक्यौता दाखिला हुन नआएको हुंदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको आन्तरीक राजस्व कार्यालयले जनाएको छ । १५ दिन भित्र बक्यौता कर रकम दाखिला हुगरिसकेको भए सो को प्रमाण कार्यालयमा पेश गर्न समेत कार्यालयले सुझाएको छ ।
तोकिएको अवधि भित्र बक्यौता कर रकम दाखिला नगर्ने करदाता एवं सम्बन्धित प्रोप्राइटर, संचालक उपर आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ र मू।अ।कर बक्यौताको हकमा मू।अ।कर ऐन, २०५२ बमोजिम कानुनी कारबाही गरी बक्यौता कर रकम ्र असुल गरिने आन्तरीक राजस्व कार्यालय त्रिपुरेश्वरले सुचनामार्फत चेतावनी दिएको छ ।