काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सुदूरपश्चिम प्रदेशबाट उदाएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीलार्य केही होइन भन्नेहरुलाई सुदूरपश्चिममा देखाइदिएको बताए । आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा रहनु नै एमालेका लागि ठूलो धक्का भएको उनको दाबी छ ।
‘सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो । नयाँ सरकारमा अहिले कोको छ ? एउटा नेपाली कांग्रेस, अर्को (एकीकृत समाजवादी) । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन ? कहाँबाट उदायो त्यहाँ । ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो पहिलो सुरुवात हो,’ अध्यक्ष नेपालले भने ।