‘आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगतको सम्मान भयो’

दियो पोस्ट  

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको अवसरमा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको योगदानको सम्मान गरेको बताएका छन् ।

सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘आज केन्द्र सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको छ । गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान गरेको छ,’ उपराष्ट्रपति पुनले भने ।
उनले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको प्रष्ट्याए