काठमाडौं । कमलादीस्थित युनिग्लोभ कलेजका कर्मचारीबिच झडप भएको छ । गत शुक्रबार र आइतबार कलेज प्रशासन र कर्मचारीबिच झडप भएको हो । कलेज प्रशासनले कर्मचारीहरुलाई समयमा तलब नदिएपछि दुईपक्षबिच झडप भएको हो ।
स्रोतका अनुसार कलेज प्रशासनले आर्थिक मँन्दीको कारण देखाउँदै कर्मचारीको तलब रोक्का गरेको हो । समयभित्रै तलब नपाएपछि शुक्रबार कर्मचारीहरुले हुलदंगा समेत गरेको थियो ।
झडपका कारण विद्यार्थीहरु दुई घण्टासम्म कलेजभित्रै थुनिएको श्रोतको पुष्टि छ । त्यस्तै कर्मचारीहरुले आइतबार समेत कलेजमा हुलदंगा गरेका थिए ।
कलेजका उपप्रधानध्यापक गणेश रेग्मीले भने कलेजमा कुनैपनि झडप नभएको बताएका छन् । ‘कुनैपनि झडप भएको छैन,’ दियोपोस्टसँगको संवादमा रेग्मीले भने, ‘त्यो गलत सुचना हो ।’ कुनैपनि समय झडप नभएको र विद्यार्थीहरुलाई समेत बन्दक नबनाईएको उनको भनाई छ ।
यद्यपी प्रशासनकै केही आन्तरीक समस्याका कारण विद्यार्थीहरु १५ २० मिमेट बन्दक भएको उनको दाबी छ । ‘विद्यार्थीहरु बन्दक भएका छैनन्,’ उनले भने,‘कलेजभित्र कै टेक्निकल समस्याका कारण १५ –२० मिनेट बन्दक भएका हुन्, त्यस्तो ठुलो समस्या होइन ।’
तर एक विश्वस्त स्रोतका अनुसार कलेजमा झडप भएको थियो । कलेज सञ्चालक डा.खगेन्द्र प्रसाद ओझाले विद्यार्थीबाट उठाएको रकम घरजग्गा तथा सेयर बजारमा लगानी गरेपछि कर्मचारीहरुले समयभित्रै तलब नपाएका हुन् ।