काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा आएका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेलाई कोष भित्रै कर्मचारीले समेत टेर्न छाडेका छन् । नेपाल सरकारलाई ६० अर्बभन्दा बढी कर छली गरेको अभियोग लागेको दुरसञ्चार सेवा प्रदायक कम्पनि एनसेलको कानुनी सल्लाहाकार बनेर कोष प्रवेश गरेका उनी आएपछि विभिन्न काण्ड भइरहेको छ ।
कोषमा उनी आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र गायब मात्रै भएन ६० करोड घोटालाको फाइल नै गायब बनाइयो । अर्थमन्त्रालयको निर्देशन विपरित प्रशासनिक खर्चमा विगतको तुलनामा ६० प्रतिशत वृद्धि गरिएको छ । सेन्चुरी बैंक काण्डको रुपले चर्चित एउटा घटना उनै घिमिरले लुकाएको चर्चा कोष भित्र व्यापक छ । हाल सहुलियतपूर्ण कर्जाको व्यवस्थापन गर्न आएका कोषका संचालकले जसरी हुन्छ अमेरिका जान पाउनुपर्छ भन्दै भिषा मात्रै माग्न आएपछि ५० वर्षदेखिको कोषको हविगत सार्वजनिक भएको छ । उनले आफू निकट लेखा परिक्षकलाई आलेप गर्न लगाएर आर्थिक सुशासनको धज्जी उडाएका छन् । त्यस्तै लोकसेवा आयोगबाट भविष्यमा हुने पदपूर्तिलाई पनि विज्ञापन गराउन सफल भएका छन् ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । अख्तियारमा परेको उजुरी बारे छानबीन चलेपनि हालसम्म कुनै कारबाही अघि बढेको छैन ।
अहिले कोषका कर्मचारी भन्ने गर्छन । कोषको कर्मचारी सेवा विनियमावली जुन लोक सेवा आयोगबाटै स्वीकृति भई कार्यन्वयनमा ल्याइएको हो । सोही नियमावली विपरित लोकसेवा आयोगले स्वीकृति दिइयो । कोषका कर्मचारीहरु नै यतिबेला लोकसेवा आयोगले गरेको निर्णयको विरोधमा लागेका छन् । हाल लेखा विभाग प्रमुख रहेका अच्युत पन्त र प्रशासन विभाग प्रमुख रहेका विनोद पन्तलाई बढुवा गर्ने नियतले नै यो विज्ञापन गराइएको भन्दै कर्मचारीहरु असन्तुष्ट भएका छन् । कोष भित्र पन्त ब्रदर्शले चर्चित उनीहरुले नै पदपूर्ति काण्ड रचेको चर्चा छ ।
यता कर्मचारी युनियनमा कार्यरत अध्यक्ष राम केसी र उपाध्यक्ष राजु केसीले गैरकानुनी रुmपमा विभागीय प्रमुख पद हत्याएर बसेका छन् । उनीहरु युनियन मार्फत कर्मचारीलाई तर्साउने र धम्काउने गतिविधिमा छन् । कोष ऐन विपरित पदपूर्ति गर्ने विज्ञापन निकाले पनि कर्मचारीको हकहितमा बोल्नुपर्ने केसीहरु विभागिय पद पाएपछि मख्ख छन् ।
कोष भित्र पन्त ब्रदर्शको आतंक
गोरखा घर भएका पन्त ब्रदर्श ५ वर्षअघि कोषमा प्रवेश गरेका हुन् । उनीहरु कोषमा प्रवेश गरेसँगै कोषमा विकृति शुरु भएको निकटस्थहरु बताउँछन् । एक पन्त त महालेखा परिक्षक पदको सुब्बा पद छोडेर कोषमा प्रवेश गरेका थिए । भने एक बैंकिङ करियरबाट आएका हुन् । उनीहरु कोषमा प्रवेश गरेसँग कर्मचारी विनियमावलीको स्वव्याख्या गर्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत विरुद्ध लोकसेवा आयोग र संचालक समितिमा उजुरी गर्न पुगेका थिए । तत्कालिन प्रमुखले ती पन्तलाई अवकास नै दिने पत्र दिएका थिए । तत्कालिन डेपुटि सिईओले ती पन्तलाई उन्मुक्ति दिएको कोषकै एक कर्मचारी बताउँछन् । तर, त्यतिबेला पन्तको बचाउमा लाग्ने तत्कालिन नेतृत्वलाई नै यतिबेला खोपाको भिम्सेन बनाएर राखेको आरोप कोष भित्र छ । ती पन्तले सिए भएपनि लेखा परिक्षकको लाइसेन्स नै नलिई कोषमा जागिर खाईरहेका छन् ।
उनीहरु कार्यालय भित्रै बसेर बाहिरको काम गर्ने गरेको कोषकै एक अधिकारीको दाबी छ । कोषकै एक मित्रले कोषका विज्ञ संचालकलाई पिआरधारी भनेको भन्ने कुरा लगाएर कोष भित्रै वितण्डा श्रृजना गरि दण्डित गराएको समेत स्रोतले बताएको छ ।
कोषले अहिले पदपूर्तिका लागि निकालेको विज्ञापन सुचना विरुद्ध कोषकै कर्मचारीहरुले संगठित प्रतिवाद गर्ने संकेत पाएपछि पन्त ब्रदर्शले विभिन्न कर्मचारीलाई बोलाएर धम्काउने र फकाउने गतिविधिमा लागेका छन् । कोष भित्र पन्त ब्रदर्श र केसी ब्रदर्शको आतंक विरुद्ध अख्तियारमा उजुरी परेको छ । उनीहरु सबै छानबीनको घेरामा तानिएका छन् ।